Friday, May 25, 2012

सपना-1




मनभरि इच्छाको थैली बाँधेर बसेका आमैहरूलाई
छात्तीभरि झीरमा मासुजस्तै सपना सिउरेर बसेका बाबैहरूलाई
दसैँ-तिहारको रङ्गीन संसार कति रङ्गीन भो ?
पत्तै भएन।
बोनस सकिएको मात्र थाहा छ।
र अर्को बोनसमा जिन्दगीको एकपाटा सपना भर्नुलाई
चियाबारीमा बुट्टा भर्न कम्मर कसेर निस्केका छन्।

खै ! छोराले जाडो महिना र युग सुहाउँदो
कोट किन्न पाए कि पाएनन्
तर आमाको टोक्री भने कुहिनुको लागि कुलेसोमा घोप्टो परिरहेको छ।
बा-को कालो छाता करङ् निस्केर भित्तामा सुसाइड गरिरहेको छ।

रमाइलोको नाममा पटेका पड्काएर एक मुट्ठी हाँसेका अनुहारहरू
साइरनको आवाजमा लाठिएको साँप भएर हिँडिरहेका छन्- फेरि...
अन्तहीन फेरि.....।





No comments: