भाग्यको पलेँटी कसेर बसेका निधारहरू
जीवनका एब्स्ट्रयाक्ट रेखाहरू
पसिना जस्तै पुछ्न सकेकै छैन।
पुछ्नलाई ब्रान्डेट कम्पनीको रूमाल छैन।
निफान्नलाई व्यस्थित नाङ्गलो छैन।
फाटेका भाग्यको कलेवर लाएर बुख्याँचा भएका निधारहरू
समुद्रको चियो छाल आङ्मा छ्याप्नलाई र
घामको न्यानो ताप्नलाई
अझै, बुख्याँचा भइदिइरहेका छन्।
गन्हाउने इतिहासमा लिपिएका निधारका अक्षरहरू
बुढो रूखमा टाँसिरहेको छ ‘ख्रीष्ट’ जस्तै।
दिनहुँ निधारहरू सपनाको 'खुइ' काट्दै
उक्कालो, तेर्सो बाटोहरूमा
भीडहरूमा
सन्देहहरूमा
मलीन अनुहारको रङ्ग पोतेर लाइन लागिरहेका छन्
तर लाइन सकिएको छैन अझै
भीडहरूबाट
सन्देहहरूबाट।
बील्ज र फेसियल गरेका चिल्ला गालाहरू
पर्फ्यूम र पाउडर धसेका सुगन्धित मानसिकताहरू
छामेर,
निधारहरू, आफ्ना खस्रो गालाका पाटामा उम्रिएका
वर्तमाने डन्टीफोर छामेर चिच्याइरहेका छन्।
हरेक रात ऐनाअघि उभिएर घोरिँछन् निधारहरू
हरेक सपनामा बौरी उठ्छन् निधारहरू
अनि फेरि हरेक विहान सपना र भाग्यको सर्टिफिकेट बोकेर
उभिन्छन् निधारहरू
भीडहरूमा
सन्देहहरूमा।
Friday, July 15, 2011
गाउँ र देश
रङ्-रङ्ती जङ्गलको हाटबजारमा
सपनाको एउटा सानो पसल थापेर बसेकी
रामबहादुर, बलबहादुर र बुद्धिमानबहादुरका स्वास्नीहरू
आशाको बारीमा हलो-खेत जोत्दा-जोत्दै
त्यहीँ रगतका फाल्सा रोपेर हिँडेकी क्यौँ भयो
तर
परेलीका खोप्चाबाट तरल-तरल उम्रेर
छात्तीमा गाँठो हुँदै
बलबहादुरहरूको कुसुमे रूमालमा अल्झिएका दुःखहरू
प्यूरिफाइड,
देशको कुनै पानीले पुछ्न सकेको छैन, अझै।
साइनोको नाममा बाऊले छोडिदिएका खिया परेको बाक्साभित्र
गाउँको भुगोल सँधै आत्महत्या गरिरहेको छ।
अनन्त !
देशले कुनै गाउँ मरेको घोषणा पत्र बनाइदिएको इतिहास छैन।
‘पोस्टमार्टन’ गर्ने कुनै अस्पतालको डेरा थापेको इतिहास छनै।
शान्तिको झोला भिरेर हिँडेको यो देशको अनुहार
रात-रात फेडी फुकेर गाउँका निन्द्राहरू बिथोल्छ
अनि बिहान
ढोकामा
दर्शनको उखान सुनाउँदै
गाउँमा
शान्तिको एक अञ्जुली भिख उठाउँछ।
सपनाको एउटा सानो पसल थापेर बसेकी
रामबहादुर, बलबहादुर र बुद्धिमानबहादुरका स्वास्नीहरू
आशाको बारीमा हलो-खेत जोत्दा-जोत्दै
त्यहीँ रगतका फाल्सा रोपेर हिँडेकी क्यौँ भयो
तर
परेलीका खोप्चाबाट तरल-तरल उम्रेर
छात्तीमा गाँठो हुँदै
बलबहादुरहरूको कुसुमे रूमालमा अल्झिएका दुःखहरू
प्यूरिफाइड,
देशको कुनै पानीले पुछ्न सकेको छैन, अझै।
साइनोको नाममा बाऊले छोडिदिएका खिया परेको बाक्साभित्र
गाउँको भुगोल सँधै आत्महत्या गरिरहेको छ।
अनन्त !
देशले कुनै गाउँ मरेको घोषणा पत्र बनाइदिएको इतिहास छैन।
‘पोस्टमार्टन’ गर्ने कुनै अस्पतालको डेरा थापेको इतिहास छनै।
शान्तिको झोला भिरेर हिँडेको यो देशको अनुहार
रात-रात फेडी फुकेर गाउँका निन्द्राहरू बिथोल्छ
अनि बिहान
ढोकामा
दर्शनको उखान सुनाउँदै
गाउँमा
शान्तिको एक अञ्जुली भिख उठाउँछ।
ओछ्यानहरू
हडतालको नारा लागेका भुँडीहरू
सपनाको बैँस
पूर्णिमाको रातमै फुल्छन् कि !
सोध्छन्..
बाजेले गाडी राखेको 'धराप' ओछ्यानहरूलाई।
छ्याप्छ्याप्ती आशाले भिजेका सिरानीहरू
निधारहरूले कहिले सुकाउन सकेनन्।
बरू ! निधारमा खुम्चिएका जीवनका कारङ्किरिङ धर्साहरू
ओछ्यानमा अहिलेसम्म 'फोटो कपी' भएर बसिरहेको छ।
उत्तानो परेर टुल्टुल चिहाएका ओछ्यानका आँखाहरू
कहिले रसाएनन् धुरीबाट चुहिएको सपनाहरूले।
हिसाब गन्दैछन् ओछ्यानहरू अहिले
नाङ्गै भएर लमतन्न सुतेका इच्छाहरूको।
भोकाएर मस्त निदाएका भुँडीहरूको।
हिमचुलीको रहर बोकेका मनहरूको।
रङ्गीन सपनाको होली खेलेका आँखाहरूको।
तर सपना, अहिले पनि ‘ब्लाक एन्ड वाइड’- मा नै छ।
आजन्म माया-प्रिति र
विश्वासको घुम्टो ओढेर कुरीरहेका ओछ्यानका प्रियतमाहरू
पाहुनाको निहुँमा सुत्न आएका सूर्य र चन्द्रबाट
दिन-रात, शीत बनिरहेका छन्।
अनि चुहिँदैछन
तप् !
तप् !!
सपनाहरू
ओछ्यानहरूको आँखाबाट।
सपनाको बैँस
पूर्णिमाको रातमै फुल्छन् कि !
सोध्छन्..
बाजेले गाडी राखेको 'धराप' ओछ्यानहरूलाई।
छ्याप्छ्याप्ती आशाले भिजेका सिरानीहरू
निधारहरूले कहिले सुकाउन सकेनन्।
बरू ! निधारमा खुम्चिएका जीवनका कारङ्किरिङ धर्साहरू
ओछ्यानमा अहिलेसम्म 'फोटो कपी' भएर बसिरहेको छ।
उत्तानो परेर टुल्टुल चिहाएका ओछ्यानका आँखाहरू
कहिले रसाएनन् धुरीबाट चुहिएको सपनाहरूले।
हिसाब गन्दैछन् ओछ्यानहरू अहिले
नाङ्गै भएर लमतन्न सुतेका इच्छाहरूको।
भोकाएर मस्त निदाएका भुँडीहरूको।
हिमचुलीको रहर बोकेका मनहरूको।
रङ्गीन सपनाको होली खेलेका आँखाहरूको।
तर सपना, अहिले पनि ‘ब्लाक एन्ड वाइड’- मा नै छ।
आजन्म माया-प्रिति र
विश्वासको घुम्टो ओढेर कुरीरहेका ओछ्यानका प्रियतमाहरू
पाहुनाको निहुँमा सुत्न आएका सूर्य र चन्द्रबाट
दिन-रात, शीत बनिरहेका छन्।
अनि चुहिँदैछन
तप् !
तप् !!
सपनाहरू
ओछ्यानहरूको आँखाबाट।
Monday, June 27, 2011
विज्ञापन
फोटोसपमा खिँचडी पाकेका अनुहारहरू
भाले मुङ्ग्रो जस्तो रङ्ग फेर्न व्यस्त छन्
दैनिक समाचार पत्रको मञ्चमा।
‘वान्टेड’
….जीवनवृत्तिको
आयमिक एउटा अवधारणाको रेखा कोरिएको हुन्छ
एब्स्ट्रयाक्ट।
रङ्गीन भरोसाको खोस्टे विज्ञापन
फ्री-को कलेवरमा
उत्रिएका नीजि व्यवसायीहरू
आदर्शलाई बलात्कार गर्न मात्र पोख्त छन्।
विश्वासको जोबनलाई वैश्या बनाउन मात्र खप्पिस् छन्।
श्री, बाबा, गुरूदेवहरू
रामलीलाको अभिनय गर्नका सट्टा
रोग निवारकको एड्बक्स् बोकेर
जुलुस हिँडिरहेका छन्।
तर मान्छेको बस्तीमा छरिएको एड्सको वीर्य
निगेटिव हुनै सकेको छैन।
शोकको एउटा विज्ञापन
कम्जोर मुटु घचघच्याउन आउँछ
आँसु र वेदनाको सास फेर्दै।
अनि आउँछन् फेरि
फ्वाँ-फ्वाँ सास फेर्दै
शुभकामनाका थपडीहरू।
तर आउँदैन किन विज्ञापनमा ?
कहिले, मेरो गाउँको मानचित्र !
मेरो शहरको मानचित्र !!
जहाँ,
दुःखहरू र्याँई र्याँई सारङ्गी रेटिरहेको छ।
जहाँ,
सपनाहरू टङ्टङ् घाम तापिरहेको छ।
Saturday, June 25, 2011
काठमाडौँ यात्रा
झोँका झोँकमा हिँडेको काठमाडौंतिर। दुई चोटि यस पल्टभन्दा अघि पुगेर फर्केको म। तीन चोटिमा पक्कै नेपाल घुमेछु या पुगेछु भन्ने बोध यसचोटिको तीर्थ यात्राले अनुभूत गराएको छ । अरूलाई पनि होला। मई 10 लाई प्रस्थान मिति तोके पनि भत्काइयो त्यसलाई। र 7 मई-मा नै आ-आफ्नो पाइलालाई शिवमन्दिरदेखि काँकाडभिट्टातर्फ मोडाई दियौँ चाई भाईको गुठले।
काँकाडभिट्टा। त्यहाँदेखि तीन घण्टाको यात्रा धरानतिर। उन्मुक्त मनोभाव गुठ्याएर एक रात त्यहीँ बस्ने सुरसारमा हिँडेका। तीन घण्टाको बस यात्राले साथीहरूमा भोलिपल्ट काठमाडौँको रातभरिको बस यात्राको दिगदारीपन झ-झल्किरहेको थियो। मलाई फरक केही थिएन। मेरो लागि नौलो कुरा पनि थिएन त्यो।
धरानको प्राकृतिक बनावटी-दृश्य रमाइलो । भनिन्छ त्यहाँ ब्रिटिस आर्मीका धेरै मानिस बसोबासो गर्छन्। घण्टाघर र वरीपरिको सानो धरान बजारले धेरै सजिएको ठाँउ।
चारमा हामी, दुई कहिले धरान, काठमाडौँ नपसेका। ती नहिँडेका भाई भूपेनकै आग्रहमा यस चोटिको काठमाडौँ यात्रा गरिएको। तर भने नि झोँका झोँकमै।
धरान। एक रातको निम्ति। बस्नलाई चाहेको जस्तो भाडाको कोठा नपाइँदो रहेछ। साधरणदेखि अति साधरण ढङ्गमा बनिएको कोठा साथीहरूलाई पटक्कै रूचेनन्। हत्तपत्त म कोठाको हेराईतिर लागिन पनि। साथीहरूका रोजाईको कोठामा भित्रिन मलाई कुनै आपत्ति नि थिएन। जान्य़्यो प्रत्येक होटल एण्ड लज लेखिएको बिल्डिङतिर। अनि फर्किँथ्यो हाँस्दै...मुस्कुराउँदै साथीभाई। किन होला..त्यो लेखेर धरानको इतिहास खल्लो नपारूँ। बस एक रात चल्दोमिल्दो होटलको कोठामा थकित सरिरलाई मासु भात ख्वाएर थेचारि दियौँ।
भेलिपल्ट। सात बजे विहानको। टिकट काटेर दुई बजेसम्म धरानको चक्कर। सपिङ पनि। दिनको साँढे तीनदेखि काठमाडौँतिर प्रस्थान। लगभग दुई-तीन घण्टाको यात्रामा केटाहरूको हालत सुस्त। अघिल्लो दिन पनि भाईको त्यस्तै2 भएको थियो। बहिनीको सम्झानाले सतायो कि क्या हौ भनेर दाजुले ठट्टाको झटारो पनि हिर्काउनु भो भाईलाई। पछि बाटोमा एकतर्फी फर्केर गुमसुम बसेको देखेर त्यस्तै झटारो हानेको थिएँ मैले पनि। अनि भनेको थिएँ काठमाडौँ यात्रको संस्मरण लेख है भूपेन। मोरोले अब के लेख्थ्यो र। पशुपति,बौद्ध,स्वम्भू ,कृण्ण मन्दिरको चोकटमा ढोक गरेर बहिनीलाई नै मागेछ क्यार..। फर्किएर आएपछि विवाहको एक वर्षपछि बनावटी प्लान आफै भत्काए। अनि उसले विवाहको अर्को सिँढी बनाई दिएर वैवाहिक जीवन शुरू गर्दैछ। उसलाई वैवाहिक जीवनको शुभकामना। कुरा त फर्कि पो सकेछ। फेरि उतै जाऊँ।
कोटेश्वर, काठमाडौँ। विहानीको चिसोलाई डसाउँदै भए पनि पुग्यौँ। त्यहँबाट रत्न पार्कको दिशातिर रिजर्भ ट्याक्सिमा हाँकियौँ। छोटोमा लेख्दा बिचबिचको बाँकी कुरा जफ्त भएको छ। पुरानो बस पार्कको डिलमा पुगेपछि रत्नपार्क यै हो भन्दै, नौ तल्ले धरोहरलाई पनि औँलाले देखाईदिएँ। बस पार्कको पल्लोभित्ता एकतमासले टाँसिएर बनिएको होटलहरू सुसज्जित देखियो। त्यतै जाने तरखर गर्यौँ। गयौँ पनि। धरानमा जस्तो फर्किन पर्यो फेरि। ड्राइभर, खलासी आधा रातमा आएर सुत्ने कोठा हुनसक्छ, नेपाल मेड बेडीको ह्वास्-ह्वास् गन्ध सिँढीसम्म रूमलिरहेको थियो। भागेर, बागबजारको अद्वैत मार्गतिर लाग्यौँ। त्यहाँ एक दुईटा होटल एण्ड लज लेखिएको प्लेट देख्दा-पस्यौँ। तर कोहीमा के नमिलेको कोहीमा के। अन्तमा मैले, म अघिलो साल जाँदा बसेको होटलमा सिदै हालेँ। कर पनि पर्यो। एक त निन्द्रा। अर्कोतर्फ कुन्नि के के। मिल्यो पनि कोठा। सुतियो एक मस्त निन्द्रा।
पहिलो दिन। उठेर धरोहरको परिक्रमा। काठमाडौँ मलको चक्कर। यताउता गर्दा बित्यो।
त्यसपछिको दिनहरू क्रमागत रूपमा एउटा-एउटा दिशालाई ऐम गरेर हिँड्थ्यौँ। कहिले कुन ठाँउ कहिले कुन। बसेकै होटलमा खानाको व्यवस्था भईदिएकोले सजिलो पनि थियो। साहुनीको खाना दिने समयलाई हामीले कहिले ठीक ढङ्गमा अप्नाएनौँ। दुई दिनभित्रमा आफ्नोपनको वतावरण सिर्जाना गरिसकेका थियौँ। गफ पनि ठिक्क हिर्काउने साथीभाईले। ए मुख्य कुरा हामीले त्यहाँको भाषा बस्दारहँदा निकै सिकिसकेका थियौँ। धेरै मात्रमा बासु दाजुले भाका टिपिसक्नु भएको थियो। उहाँलाई अझ स्मरण छँदैछ त्यहाँको बोलीको। साहुनीको नक्कल गर्दा दाजुले झण्डै आफ्नो भाका बिर्सिनु भाको। बिस्तारोसँग बोल्ने, तर हसाउँनु हुने सदिप दाजुको वर्णन नगरी काठमाडौँ यात्रा अधुरो हुनेछ। साहुनी अनि अन्यसँग उहाँको आफ्नै पाराको मित्रलाप।
त्यस होटलको अझ अमिलो अचार मेरो मुखमा छँदेछ। कहिले नसकिने त्यो अचार। साहुनीले अचारको गाडधन पाएको हो कि क्या हो। हामीमाझ एकजना साकाहारी। म बिचको। दुई भन्नै नहुने मांसहारी। मासुबिनाको खाना कहिले मुखबाट नछिर्ने उनीहरूको। म मासुदेखि अलिक पर बस्ने। तर खाएँ उनीहरू सँगसँगै। अहिले पनि मासु सम्झँदा वाक्क लाग्छ। साथमा प्रबिन दाई। जो अहिले त्यहाँका बासिन्दा हुनु भएको छ। खासमा उहाँको पाइलालाई हामीले चोर्नु परेको थियो। आफ्नो काम धन्धालाई स्थगित राखेर उहाँले जुन किसिमको साथ र भरोसा हामीलाई दिनु भो त्यसको निम्ति आभार प्रकट नगरी हुन्न।
विशेष मन्दिरहरूको दर्शन गर्यौँ। नेपाल भनेको पनि वास्तवमा त्यति नै हो। बजार त जुनै ठाँउमा पनि त्यस्तै हो। जुन मन्दिर नेपालमा अवस्थित छ त्यो नेपाल राष्ट्रको गहना हो। तर राजाकालीन शासनको अन्तपछि त्यसको व्यवस्थापनमा कमि अवश्व आएको हुनपर्छ। कुनै योजनावद्द ढङ्गमा ती पुरातन सम्पतिको जगेरा गर्नु अहिलेको मान्छेले जानेका रहेनछ भन्ने प्रत्येक मठ मन्दिरको कुनाकाप्चाबाट छर्लङ्ग देखिन्छ। बौद्धको बनावटी केही मात्रामा अन्य मन्दिरको तुलनामा सफा सुग्धर देखिँदो हो। भक्तपुर जाने कोसिस असफल भयो। त्यहाँको टुँडाल हेर्ने अभिलाषा सबैको जुरेन। एक त अत्तो न पत्तोमा नेपाल बन्द। घरि तराई बन्दको हाहाकारले तर्साई रह्यो। तर्सिनु स्वाभाविक थियो। अर्काको देशमा के गर्नु सक्थ्यौँ र नेपालीको भेषमा। त्यसैले भक्तपुरका ती टुँडाल हेर्ने इच्छालाई गोजीमा राखि फर्किने विचार गरेका थियौँ शुक्रबार। त्यही दिन नेपाल राष्ट्र बन्द। सोधे बन्दको काऱण, कसैलाई पत्तो हुँदैन रहेछ। फेरि फाटकफुटपक दोकान खुल्ला,वाहन चालु हँदै तीन बजेतिर सम्पूर्ण काठमाडौँ खल्ला भईसकेको हुँदोरहेछ, अचम्म। शनिबार खुल्लाको हल्ला। फेरि आइतबार बन्द। त्यसैले शनिबार हिँडे आइतबारको विहानीपख हामी आफ्नो ठाउँमा पुगिने अड्कालले हिँड्यौँ।
साहुनीलाई एक पोका पैसा बुझाएर निस्कँदा ,साहुनीको अनुहार पनि उज्यालिएर फेरि नियास्रो झैँ देखिएको थियो। केटाहरूलाई पनि फर्किने जाँगर त चलेको थिएन कि ! तर हिँड्नु नै पर्ने बाध्यतता थियो हाम्रो। विदाबारी मागेर हिँडेका हामीलाई प्रवीन दाईले कोटेश्वरसम्म फेरि साथ दिनु भो। त्यसपछि हामी आफ्नो गनतव्यतिर।
ठयाक्क ! केही ठोकिएको आवाज कानमा पर्यो। झँसङ्ग ब्यूँझे। निदाएको थिएछु। हेर्दा आफू चढेको बस आएकै बाटो फर्किँदैथ्यो। किन भन्ने जिज्ञासाको उत्तर बसभरि फैलिरहेको थियो। कुनै अज्ञात गाडीले हिर्काएर भागेछ। निकै स्पीडमा हाँकेको हाम्रो बसले त्यो हिर्काउने गाडीलाई फेला पारे। एउटा दाईले ड्राईभरको गाला रातको शुन्यतामा निकै पड्कायो। इण्डियाबाट गएको गाडी रहेछ केही सामान लिएर । गोजीको सात सय भा रू खुत्काएपछि उसलाई छोडिदियो। यसरी पछि गएर खेदेको दृश्य हामीलाई फिल्ममा जस्तो लागेकोले चर्चा पनि गर्यौँ। हाँस्यौँ पनि। तर उतापट्टि भोलिको तराई बन्दले भने टेन्सन दिँदैथ्यो। त्यही माथि काठमाडौँमा पेट्रोलको माहामारी। उफ् ! नचिनेको गाडीलाई दिँदै नदेने।
विहान। सोँचेको समयभन्दा लगालग ढिलोमा दमक आईपुगेका थियौँ। त्यहाँदेखि यता बन्द छ भन्ने होहल्लाले फेरि बिचलनीमा पर्यौँ। रिक्शावालाहरू 250 रू मा काँकाडभिट्टा भन्दै कराउँदै थियो। गाडीलाई ढेड घण्टा लाग्ने बाटोमा रिक्शालाई कति लाग्ला ? म आफै हाँसि पठाएँ। सोँचे, बरू त्यहीँ होटल खोजेर बस्न ठीक।
पुलिस दाईहरू एक गुठ आएछन्। अनि सबै काठमाडौँदेखि झरेका बसहरूलाई एक लस्कर बनाउनु भो। अनि आफूहरू एउटा जीपमा चढेर हाम्रा रक्षक भई अघि बढनु भो। झापा आईपुग्दासम्म बन्द गर्नेहरूको कुनै चहलपहल देखिएन। त्यसपछि पुलिस दाईहरूले हामीलाई त्यसै अघि जाने अनुमति दिनु भो।
काँकाडभिट्टा आईपुग्दा प्राय: दोकानहरू खुल्ला थियो। भने नि लहै-लहैमा बन्द हुने देश। कारण कसैलाई पत्तो नहुने। अचम्म।
आरामले त्यसपछि चारभाई, फेरि हिँडेकै ठाउँ शिवमन्दिरको कोठामा। इति।

Subscribe to:
Posts (Atom)