भारतीय राजनीतिका होनहार राजनितिज्ञहरूको आकस्मिक दार्जिलिङ आगमन र उनीहरूको दार्जिलिङ प्रतिको फोस्रा सहानुभूतिका दुई शब्दमा हाम्रा दार्जिलिङ्गे अनेताहरूको शीर निहुर्याईमा जनता पनि नेताकै टोपी हेरेर नतमस्तक बन्न बाहेक के नै पो गर्न जानेको छ र..जनताले नेता बनाउँछ भन्ने पूर्वधारणा अहिले समाप्त भएको छ। अहिले त नेताले जनता बनाउँछ भन्ने राजनीतिको ढयाङ्ग्रो पिट्न थालेको छ अनेताहरूले। हाम्राहरूबिचको राजनेता भन्नेहरू आफै आफमा लम्की थाप्ने खेलमा निकै माही भईसेकेका छन्। अनि भाषणमा गणतन्त्रको हननको कुरा बाहेक गर्न के पनि जानेका छैनन्। अनि परबाट आउने खुँखार राजनेताहरूको झूठो आस्वासनमा आशावादी हुन बाहेक केही विकल्प पनि देख्दैनन्। अखबारमा छापिएका घतलाग्दा शीर्षकले जनताको मनमा ठुलो आशा फेरि भरिदिन्छ तर आजकै दिनको लागि मात्र। भोलि त्यो खबर झूठा साबित हुन्छ। घोर निन्दा हुन्छ ।अनि हुन्छ फेरि आन्दोलनको अर्को जनताले सोँच्दै नसोँचेको , मनमा पच्दै नपचेका कुराको बँठ्याई। तब फेरि प्रश्नको बाडी चल्छ त्यै बुझेर अबुझ बन्ने जनताको मनमा फेरि के हुन्छ र नेता भनेको र राजनीति भनेको यस्तै होला। त्यो हाम्रो लागि हुँदै होइन। अझ अर्को कुरा त हाम्रा राजनीतिका समष्टि अनतर्गत रहेका फुचाफुचि धुपाउरेहरूले भन्दैछन गोर्खालीग या माक्सवादी कम्युनिस्ट पार्टीमा सामेल हुनेहरू गोजमुमो पार्टीको होइन। एकदम सत्य नै हो त्यो। एउटा मान्छे कतिवटा पार्टीको सदस्य हुन्छ। अनि त्यो मान्छेले आफूलाई जुन पार्टीमा सामाल हुने इच्छा गरे पाउनु पर्ने हो। किनभने त्यै धुपाउरेहरूले फेरि भाषणमा कुरा हाँक्छ जनताले स्वतन्त्र अधिकार पाउन पर्छ भनेर। तीहरूले एकपट्टिबाट हक र अधिकारको कुरा गरेर जनतालाई भिख माग्छन् अनि अर्कोपट्टिबाट त्यै जनतालाई तर्साउँछन्। के भन्ने तब। आज प्रश्नै प्रश्नै तेर्सिएका छन् जनताको सामु।
Tuesday, September 14, 2010
Sunday, September 12, 2010
भाषा अनि हामी ( 20 अगस्त 2010 - भाषा मान्यता दिवसमा पठन गरिएको कविता)
भाषा हो सभ्यता हाम्रो
नारा गुञ्जिँदैछ
चेपचापका बन्द
साहित्यिक कोठेबारीमा...फोस्रा शब्दहरूमा।
त्यो बुँइ चढे्र आउन खोज्दैछ
भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी
तर एड्भान्सको लेप लाएर
फेसनको रङ्गमञ्चमा उत्रेका हामी
काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।
शब्दले मुख फड्काल्न थालेकोदेखि हामी
शब्दमै हुर्कियौँ, बड्यौँ र हिँड्यौँ
अब हामी स्वको धुरीमा घोडा चढेका छौँ
र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी
खै ! म त केही पनि जान्दिनँ।
आर् यू नेपाली ?
कम्प्युटरको च्याट स्क्रीनमा
शब्दहरू विदेशी झल्किँदैछ
या आइ एम नेपाली
तर भन्दैछ यता हामी विदेशी।
यहाँ हेर्नु होस् त शब्दको अर्थ
अझै
आइ एम अल्सो नेपालीको भेल बग्दैछ
बट् आइ कान्ट् राइट एण्ड स्पीक इन् नेपालीको समुद्रमा।
आमाले आज
मम्मी, ड्याडीको शब्द घोकाउनलाई
फकाउँदै स्तन चुसाउँछे
हातमा भविष्यको वेस्वादिलो मिठाई पाएर
उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।
युवा भन्नु कि युवती भन्नु
भाषाको सभ्यताले त होला
हाफप्यानट् भन्नु कि मिनि हाफप्यान्ट् भन्नु
सुसंस्कृतको नारा लगाउँदै छ त।
साइनबोर्डमा अनुवादित जस्ताको तस्तै शब्दहरू
उ....प...र..-को देशमा
गल्ली गल्ली
दोकान अनि होटलको ढोकामाथि उभिएर
वान्ता गर्नलाई घोप्टो परिरहेका छन्।
आज फेरि त्यो
अस्तित्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिँदैछ
तर पनि जुलुस थर्काउँदैछ अस्तित्वको
अस्तित्व !
अस्तित्व !!
अस्तित्व !!!
कसको हो यो अस्तित्व ?
स्वको ?
स्व को हो हँ ?
एक्लो म ? प्रतिनिधित्व गर्ने जाति ? फेरि भाषा ?
उफ् !
झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भईरहेका छन्
एक गिलास फिक्का चियामा
कसरी जोखाना खुट्याउन मान्थ्यो र !
कथा सुनाऊँ ?
त्यो आदिम युगको
जहाँ, जोहरू बिनाभाषा सभ्य थियो कि !
तर फरक यति छ भनौँ
उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला
हामी सोँच्दछौँ बिनाभाषाको संसार कस्तो होला।
अतः
भाषाको रथ यात्रामा गुढेर
आदिम मान्छे हामीकहाँ आइपुग्दा
फेरि विस्तारै भाषा मर्दै जान्छ
हामी आदिम युगको
त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।
xxxx
नारा गुञ्जिँदैछ
चेपचापका बन्द
साहित्यिक कोठेबारीमा...फोस्रा शब्दहरूमा।
त्यो बुँइ चढे्र आउन खोज्दैछ
भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी
तर एड्भान्सको लेप लाएर
फेसनको रङ्गमञ्चमा उत्रेका हामी
काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।
शब्दले मुख फड्काल्न थालेकोदेखि हामी
शब्दमै हुर्कियौँ, बड्यौँ र हिँड्यौँ
अब हामी स्वको धुरीमा घोडा चढेका छौँ
र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी
खै ! म त केही पनि जान्दिनँ।
आर् यू नेपाली ?
कम्प्युटरको च्याट स्क्रीनमा
शब्दहरू विदेशी झल्किँदैछ
या आइ एम नेपाली
तर भन्दैछ यता हामी विदेशी।
यहाँ हेर्नु होस् त शब्दको अर्थ
अझै
आइ एम अल्सो नेपालीको भेल बग्दैछ
बट् आइ कान्ट् राइट एण्ड स्पीक इन् नेपालीको समुद्रमा।
आमाले आज
मम्मी, ड्याडीको शब्द घोकाउनलाई
फकाउँदै स्तन चुसाउँछे
हातमा भविष्यको वेस्वादिलो मिठाई पाएर
उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।
युवा भन्नु कि युवती भन्नु
भाषाको सभ्यताले त होला
हाफप्यानट् भन्नु कि मिनि हाफप्यान्ट् भन्नु
सुसंस्कृतको नारा लगाउँदै छ त।
साइनबोर्डमा अनुवादित जस्ताको तस्तै शब्दहरू
उ....प...र..-को देशमा
गल्ली गल्ली
दोकान अनि होटलको ढोकामाथि उभिएर
वान्ता गर्नलाई घोप्टो परिरहेका छन्।
आज फेरि त्यो
अस्तित्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिँदैछ
तर पनि जुलुस थर्काउँदैछ अस्तित्वको
अस्तित्व !
अस्तित्व !!
अस्तित्व !!!
कसको हो यो अस्तित्व ?
स्वको ?
स्व को हो हँ ?
एक्लो म ? प्रतिनिधित्व गर्ने जाति ? फेरि भाषा ?
उफ् !
झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भईरहेका छन्
एक गिलास फिक्का चियामा
कसरी जोखाना खुट्याउन मान्थ्यो र !
कथा सुनाऊँ ?
त्यो आदिम युगको
जहाँ, जोहरू बिनाभाषा सभ्य थियो कि !
तर फरक यति छ भनौँ
उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला
हामी सोँच्दछौँ बिनाभाषाको संसार कस्तो होला।
अतः
भाषाको रथ यात्रामा गुढेर
आदिम मान्छे हामीकहाँ आइपुग्दा
फेरि विस्तारै भाषा मर्दै जान्छ
हामी आदिम युगको
त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।
xxxx
बलात्कृत दुई पात एक सुइरो
तुर्लुङ्ग झुण्डिएको विश्व बजारमा
दुई पात एक सुइरो
लह-लह मुना
कल्कलाउँदो जीवन
सिमसिम पानीको स्पर्शमा झुम्दै
कठ्याङ्ग्रिने जाडो र
सूर्यको रापिलो स्पर्शभित्र गुट्मुटिएर
जीवन धान्नेको अभीष्ट बनेको छ।
सिरिरि हावामा छमछम् नाच्दै
लुकामारी खेल्छन् बादलका टुक्रासित
लजाउँदै, मस्किँदै
शीर निहुर्याएर।
ठूली यस्तै रहेछ
अङ्ग-प्रत्यङ्ग दुई पात..तीन पात..ले
कुत्कुताएपछि
जिस्काएपछि
भन्दिनन् कसैलाई अधिव्याधि
यौनावस्थामा यस्तो हुँदोरहेछ।
चट्टै भागी पोइल जाने इच्छाहरू
हातेमालो गर्ने आकांक्षाहरू
दुई पात एक सुइरो जन्माउने अभिलाषाहरू
इतिहासका
अशुद्ध पृष्ठहरू
धुलाउनुभन्दा पहिले
बट्टारिएका हत्केलाले आकस्मिक
अँठ्याउँदा घाँटीमा
रगतको ह्वात ह्वात आहाल बग्छ।
उत्सर्जित रगत-पसिनाको दुर्गन्धमा
चट्ट जिब्रो पड्काउँदै
विश्व बजारमा बलात्कार गर्न खोज्छ।
समुद्रपारि देखेका सपना
हुर्कँदै गएको इच्छाहरू छताछुल्ल हुन्छ
यौनाङ्गमा लट्टिएका प्रियसीहरू
सोतो हराएको बालक जस्तो हुन्छ।
मनभित्रका ज्वारभाटाहरू एक्कासि
हिंस्रक, आक्रोस, भयावह भई आउँछ।
थोत्रे नीतिलाई पदच्यूत गर्न
खल्बलिन्छ, सल्बलिन्छ मन
तर खै !
आजीवन आफ्नै मुटुका टुक्रा
दुई पात एक सुइरो-हरू
उँधोमुन्टो
तुर्लुङ्ग झुण्डिएको हुन्छ विशव बजारमा।
आक्रन्दन
लुटिएर बलात्कृत भएपछिको
पहिचान दिलाउन नसकेर
अनुहारमा बिषाक्त रेखा कोरिएको छ
सुन्दरताको मूल्य हराएको छ।
उकुसमुकुसिएर निस्सासिएको छ
जब आकाशै आफ्नो ठान्ने
वनमाराले सारा संसारलाई
अस्पष्टभित्र धमिल्याएको छ।
त्यसै र..
दुई छाक खुवाउन असमर्थ हुँदा
अभीष्टहरूको भविष्य निराकार भएको देख्दा
ओइलाई ओइलाई त्यसै जानु छ
कुहिनुले बोलाउँछ।
दुई पात एक सुइरो
लह-लह मुना
कल्कलाउँदो जीवन
सिमसिम पानीको स्पर्शमा झुम्दै
कठ्याङ्ग्रिने जाडो र
सूर्यको रापिलो स्पर्शभित्र गुट्मुटिएर
जीवन धान्नेको अभीष्ट बनेको छ।
सिरिरि हावामा छमछम् नाच्दै
लुकामारी खेल्छन् बादलका टुक्रासित
लजाउँदै, मस्किँदै
शीर निहुर्याएर।
ठूली यस्तै रहेछ
अङ्ग-प्रत्यङ्ग दुई पात..तीन पात..ले
कुत्कुताएपछि
जिस्काएपछि
भन्दिनन् कसैलाई अधिव्याधि
यौनावस्थामा यस्तो हुँदोरहेछ।
चट्टै भागी पोइल जाने इच्छाहरू
हातेमालो गर्ने आकांक्षाहरू
दुई पात एक सुइरो जन्माउने अभिलाषाहरू
इतिहासका
अशुद्ध पृष्ठहरू
धुलाउनुभन्दा पहिले
बट्टारिएका हत्केलाले आकस्मिक
अँठ्याउँदा घाँटीमा
रगतको ह्वात ह्वात आहाल बग्छ।
उत्सर्जित रगत-पसिनाको दुर्गन्धमा
चट्ट जिब्रो पड्काउँदै
विश्व बजारमा बलात्कार गर्न खोज्छ।
समुद्रपारि देखेका सपना
हुर्कँदै गएको इच्छाहरू छताछुल्ल हुन्छ
यौनाङ्गमा लट्टिएका प्रियसीहरू
सोतो हराएको बालक जस्तो हुन्छ।
मनभित्रका ज्वारभाटाहरू एक्कासि
हिंस्रक, आक्रोस, भयावह भई आउँछ।
थोत्रे नीतिलाई पदच्यूत गर्न
खल्बलिन्छ, सल्बलिन्छ मन
तर खै !
आजीवन आफ्नै मुटुका टुक्रा
दुई पात एक सुइरो-हरू
उँधोमुन्टो
तुर्लुङ्ग झुण्डिएको हुन्छ विशव बजारमा।
आक्रन्दन
लुटिएर बलात्कृत भएपछिको
पहिचान दिलाउन नसकेर
अनुहारमा बिषाक्त रेखा कोरिएको छ
सुन्दरताको मूल्य हराएको छ।
उकुसमुकुसिएर निस्सासिएको छ
जब आकाशै आफ्नो ठान्ने
वनमाराले सारा संसारलाई
अस्पष्टभित्र धमिल्याएको छ।
त्यसै र..
दुई छाक खुवाउन असमर्थ हुँदा
अभीष्टहरूको भविष्य निराकार भएको देख्दा
ओइलाई ओइलाई त्यसै जानु छ
कुहिनुले बोलाउँछ।
Wednesday, September 8, 2010
आशाभित्रको सत्य
.....मृत्युअघि नै
घोर निन्द्रामा
स्याबासी लिएर
आलिङ्गनको आतुरीमा
आउँदा यमराज
मृत्युभोगी
समयको हत्या गरेर
घण्टालाई कुल्चेर
मिनटलाई निमोठेर
सेकेण्डलाई छयाप्पै पक्रेर
घुम्ती-घुम्तामा
चौतारीमा
अबोध शोकमा
प्राणीकोमा होइन ?
नभासिएर कतै
आफूतिर बोलाउँछन् नि
एक लाख रूपियाँको इनाम छ।
बाह्र वर्षपछिको जुनी काट्ने मान्छे
सर्वश्रेष्ठ मानव जीवन रे
देखिन्दैछ दैन्दिन
जिउँदै ह्वासह्वासती गन्हाउने
जस्तै काखीको पसिना।
जिउने क्रममा जीवनलाई
सबथोक रुपियाँ ?
कि दुर्घटना मृत जिउलाई ?
लम्पसार तेर्सिएका मृतकमा
अन्काउन्टेड्
विवेकहीन ? कमिला
व्यस्त वेस्वार्थपनमा
मेहनतको फल पाउँदैछ
जीवन धान्नेको अभीष्ट
बादलपारिको देशमा।
हजार लाख इनाम
बित्थ्याको जिन्दगीको ?
थुतेर
दिदी-बहिनी नाइटो श्रृङ्गार
दाजु-भाई नाङ्गोलाई अझै नङ्ग्याउने
अकौरवहरू।
आमा-बाबुको
नौ महिनाको कोख फिस्
यस्तै हो इनाम ?
सिद्धिएपछि अन्तरकुन्तरमा
निराकार चित्र मृतकका
एब्स्ट्रयाक्ट आर्ट।
इनाम मृत्युपर्यन्त
निश्चित छ ?
देखिइनुअघि बुद्धिमता
पैसाको बोक्रामै बेहोरिएको हुन्छ जीवन
लेऊ भएर आशामा।
...........
घोर निन्द्रामा
स्याबासी लिएर
आलिङ्गनको आतुरीमा
आउँदा यमराज
मृत्युभोगी
समयको हत्या गरेर
घण्टालाई कुल्चेर
मिनटलाई निमोठेर
सेकेण्डलाई छयाप्पै पक्रेर
घुम्ती-घुम्तामा
चौतारीमा
अबोध शोकमा
प्राणीकोमा होइन ?
नभासिएर कतै
आफूतिर बोलाउँछन् नि
एक लाख रूपियाँको इनाम छ।
बाह्र वर्षपछिको जुनी काट्ने मान्छे
सर्वश्रेष्ठ मानव जीवन रे
देखिन्दैछ दैन्दिन
जिउँदै ह्वासह्वासती गन्हाउने
जस्तै काखीको पसिना।
जिउने क्रममा जीवनलाई
सबथोक रुपियाँ ?
कि दुर्घटना मृत जिउलाई ?
लम्पसार तेर्सिएका मृतकमा
अन्काउन्टेड्
विवेकहीन ? कमिला
व्यस्त वेस्वार्थपनमा
मेहनतको फल पाउँदैछ
जीवन धान्नेको अभीष्ट
बादलपारिको देशमा।
हजार लाख इनाम
बित्थ्याको जिन्दगीको ?
थुतेर
दिदी-बहिनी नाइटो श्रृङ्गार
दाजु-भाई नाङ्गोलाई अझै नङ्ग्याउने
अकौरवहरू।
आमा-बाबुको
नौ महिनाको कोख फिस्
यस्तै हो इनाम ?
सिद्धिएपछि अन्तरकुन्तरमा
निराकार चित्र मृतकका
एब्स्ट्रयाक्ट आर्ट।
इनाम मृत्युपर्यन्त
निश्चित छ ?
देखिइनुअघि बुद्धिमता
पैसाको बोक्रामै बेहोरिएको हुन्छ जीवन
लेऊ भएर आशामा।
...........
Tuesday, September 7, 2010
हिप्-पप्-हरू
मार्केटको सपिङ् कमप्लेक्समा
एक अर्ध युवक
च्याटिङ्मा बनेको गर्लफ्रेण्ड
देखिने नितम्ब वस्त्र
जस्तै 'नागाको पात'
हिप् पप् भन्दै
चालिस् इञ्चको "जिन्स् पाइजामा"
किनि रहेका छन्।
म्युजिक वर्ल्ड / सी डी कमप्लेक्समा
जमात युवा-युवतीहरू
लहर लहर मिलाएर
देशगान गाउने धुनमा
म्युजिक भिडियो र एम पी थ्री-लाई
कोठाको टेबलमा राखेर
ढुङढुङ ढयाङ्ग्रो बजाउँदै छन्।
अमेरिकन ढाँचामा
उल्टा टोपी
कैदीले जस्तै
साङ्लीमा ताल्चा झुण्ड्याएर
जेल फोर्न तम्सिरहेका छन्।
साइबर क्याफेको जङ्गलमा
मस्किँदै मिचिक्क
कहिले आउने र भेट्ने धुनसँगै
दुईटै कानमा
ढयाप्पै छेकाबन्दी लाएर
हिप् पप् सपना देख्दै छन्।
..... .....
एक अर्ध युवक
च्याटिङ्मा बनेको गर्लफ्रेण्ड
देखिने नितम्ब वस्त्र
जस्तै 'नागाको पात'
हिप् पप् भन्दै
चालिस् इञ्चको "जिन्स् पाइजामा"
किनि रहेका छन्।
म्युजिक वर्ल्ड / सी डी कमप्लेक्समा
जमात युवा-युवतीहरू
लहर लहर मिलाएर
देशगान गाउने धुनमा
म्युजिक भिडियो र एम पी थ्री-लाई
कोठाको टेबलमा राखेर
ढुङढुङ ढयाङ्ग्रो बजाउँदै छन्।
अमेरिकन ढाँचामा
उल्टा टोपी
कैदीले जस्तै
साङ्लीमा ताल्चा झुण्ड्याएर
जेल फोर्न तम्सिरहेका छन्।
साइबर क्याफेको जङ्गलमा
मस्किँदै मिचिक्क
कहिले आउने र भेट्ने धुनसँगै
दुईटै कानमा
ढयाप्पै छेकाबन्दी लाएर
हिप् पप् सपना देख्दै छन्।
..... .....
Subscribe to:
Posts (Atom)