मुटुमा
गाडे घाउ भएर भिजेका
पहेंलो पीपले
आदर्शतालाई रङ्गहीन बनाएको छ।
कुप्रो मान्छेहरूका शहर-बस्तीमा
कम्प्युटर
परालको आगो जस्तै
हुर-हुर बल्दै
झयाप्पै निभ्दैछ।
साइली र माइली-हरू
हिमालको चुचुरामा
रङ्गहीन झण्डा गाड्न
हस्याङपस्याङ गर्दैछन्।
कान्छी-हरू
देश चलाउने धुनमा
परिबन्धको डोरीमा बाँधिएर
गोसखानमा
लाम् लागिरहेका छन्।
कुन्नि………….!
कञ्चनजङघामा उदाएको सूर्यले
हिमाल पग्लिँदैछ।
साइला र माइला-हरू
किनारीकृत
रोडा-ढुङ्गा जस्तै भएका छन्।
कान्छा-हरू
साङ्लीमा बाँधिएर
भूसस्याहा कुकुर जस्तै
फनफनी चेप चहारीमा छन्।
जेठा-जेठी-हरू
कोठामा………
क्रमशः
ब्लुतुथको अदृश्य सङ्केतमा
एम एम एसको
विश्वबजारमा
झाँगिदै
अझ मौलाउँदै गईरहेका छन् ।
Friday, September 24, 2010
Thursday, September 23, 2010
विद्रोह
चेतनाले कुन्नि कतातिर
डोर्याएपछि
अहिंसावादको
मानवतावादको
अस्तित्त्ववादको नाममा
सिकाउँछन् महापण्डितहरू
विद्रोह गर्न।
विद्रोह पण्डितहरूको
विद्रोह धुपाउरेहरूको
विद्रोह सचेत मानसिकताहरूको
विद्रोह अर्धसचेत झोपडीहरूको
..गर्नु पर्ने रहर।
बहाल शान्तिको नाममा उडेर
विद्रोहकै घरभित्र पस्छ।
ठटाउँछ घरहरू
भित्ताहरू
चर्किएको कान तर पनि
विद्रोह गर्नै मन पराउँछ।
विद्रोह गालाभरि लाली दलेर मस्किन्छ सडकतिर
'हावा'-तिर
लक्ष्यको पगरी लाएर विद्रोह
आफ्नै घरभित्र अपरिचित बन्छ।
विद्रोहको खुल्ला खेस्रा-पत्र फ्याँक्छ
अखबारले विद्रोहकै बेढोँ थाम्छ
ओख्लीले मुस्लीको दुखाई थामेको जस्तो।
तर विद्रोह गाउँका झोपडीहरूले
पाइखाना पुछेर फालिदिन्छन्
किनभने फेरि विद्रोह
भोलिको लागि अर्कै आउँछ
विहानको अखबारसँगै।

Monday, September 20, 2010
फेरि दार्जिलिङकै कुरा
हिजदेखि दल परिवर्तन गर्ने खेल खेल्न थालेका छन् सबै दलका खेलाडीहरू। एउटा अर्को दलमा ,अर्को फेरि अर्को दलामा। आफ्नो दलका झण्डा दिएर जण्डाहरूले अझै जण्डाहरूलाई खदार्पण गरिरहेको छ। अनि स्वागत गर्ने दलकै माहीर राजनेताहरूले दल परिवर्तन गरेर घर पस्ने बाटो खोलेका हुन् भनेर भाषण पनि छाँट्दैछन्। अर्को दलकाहरूलाई आफ्नो दलमा समावेश गर्न पाउँदा खुशीले उचालिनु अनि आफ्ना दलका विपक्षी दलमा सामेल हुन जाँदा विपक्षीको ढयाङ्ग्रो बजाउन खोज्नु नै मात्र जानेका रहेछन् हाम्रा अगुवाहरूले भन्ने प्रतित हुँदछ। आफ्ना दलका सचेत र चँखोहरू अर्को दलमा थोप्रेको समाचारले दलका श्रेष्ठ कहलाइएकाहरू अहिले सम्म विपक्षी दलहरूले के गर्यो भनी खाल्डो खोल्न जुरिहाल्छ। दार्जिलिङलाई त राजनीति नफापेको हो भन्नु कि पाएर राजनीति गर्न नजानेको भन्नु। अचम्मै छ राजनीति दार्जिलिङको। राजनीतिको परिभाषासम्म नजानेकाहरूले हैकमवादको आधारमा राजनीति सफल भएको ठान्छ। फेरि हैकमवाद घरका बाबुले परिवारभित्र चलाएको जस्तो मात्र छ। घरदेखि बाहिर गएर त्यो हैकमवादको ढवाङ पिट्न त मरिहत्ते सक्ने होइन। अनि घरमा हैकमवाद चलाएर जहान-परिवारलाई मात्र तर्साएर के नै पो सप्रिन्छ र। आफ्नो सत्तामा सबै क्षमता आयो भने झन के हुने हो। अरूले त ज्यु ज्यु गर्नु बाहेक के रहन्छ र विकल्प। गोरामुमोले के गर्यो त्यो आज सोधी हिँड्ने प्रश्नै होइन। आफूहरूले के गर्छौँ त्यसको उत्तर दिने हो समय तर भाषणमा मात्र होइन। भाषण त जो कसैले जसरी पनि गर्न सक्छ। तर भाषणकै आडमा राजनीति गरेर हुँदैन। कर्मले, व्यवहारले राजनीति गरेको हुनपर्छ। गोरामुमोले 15 हजार एडहक नियुक्ति गर्यो। अहिले उनीहरू मात्र सबैभन्दा तल्लो दर्जाको गरीब जस्तो ठान्दै छन्। तर जो कोही साँच्चै गरीव र बेरोजगार छ उसको समस्याको समाधानतिर पहल कसले गरेको छ। डर छ ती एडहकहरूलाई यदि प्राधिकरण हुनअघि उनीहरूलाई स्थायी नियुक्ति गरिएन भने पछि पश्चिम बंगाल शिक्षा विभागले उनीहरूलाई नियम बमोजिम नभएको कारण बर्खास्त गर्ने छ भनेर। त्यस्तै गोजमुमोले जन्माएको छ जीएलपी। अब उनीहरू पनि स्थायीको नारा लगाएर सडक भर्ने छैन भन्ने कुनै ग्यारण्टी छैन। यी दुई कुरा दुवै पार्टीका एकनास छन्। तर शिक्षित बेरोजगार दुवै दलका कुनै सीमा रेखाले भेट्ने होइन। फेरि प्राधिकरणमा शिक्षा व्यवस्था गोजमुमोको अधिनस्थ हुने कुरा भएको छ। फेरि त्यही गोरामुमोको पालामा जस्तो काखी च्यापाई। पिल्सिने त उहीहरू हुन्छ जो पार्टीको झण्डा बोकेर नेतालाई जिन्दवाद भनेको छैन। बाटोमा तेर्सिएर शीर निहुर्याएको छैन। मात्र आफ्नो जाम्मिसकेको सर्टिफिकेट च्यापेर ओछ्यानमा रातभरि टीठलाग्दो सपना देख्छ।
Wednesday, September 15, 2010
परिवर्तन कमानभित्रको
भालेको 'कुकुरी काँ'-सँगै निन्द्रा देवीले सुँइकुच्चा ठोक्दा झ्यालदेखि सानो संसार चिहाएर तीन बजेछ, अर्थात चार बजेछ भन्ने मनको घडीमा समयको पूर्वसङ्केत मिल्थ्यो रे हाम्रा गाउँ कमानका बुढापाकालाई। दुई घण्टाअघि कसैलाई पत्तै नदिई आ-आफ्ना काममा लीन ती बुढी-बुढीहरू पशुलाई एउटा चुल्हामा दानापानी, अर्को चुल्हामा आफ्नो दानापानी टेकाएर रातो चिया खाँदै अगेनामा लागेका हुरहुर आगोको रङ्गलाई एकटक हेरि बस्दथे। बाँकी परिवारलाई निन्द्रमा मस्त हुँदाहुदै 'छिट्टो उठ्'-को आवाजले लुत्थुक्रै भिजाएर तातो निन्द्रबाट चिसो पारिदिन्थ्यो। आजकोहरूलाई पार्न सक्छन् र ? लगभग छोराछोरी उठेर प्रातकालको स्वर्णिम दृष्यअघि आँखा मिच्दा नमिच्दा सुख्खा रोटी र रातो चियाले आमन्त्रण गरिसक्थ्यो। तरै पनि शिक्षाको महत्व बढी थियो त्यसताक। सबैले शिक्षा पाउनु सौभाग्यको कुरो। तत्कालीन समयावस्थामा ज-जसले शिक्षाको 'शि' सम्म पाएँ नोकरी उसको पछि शिकारी भएर आउँथे।
बस् सुख्खा रोटीलाई खुम्च्याएर रोल पारी,कहीँ सिलबर बासकेटमा त्यही रातो रङ्गमा चट्चट् चुँडाई चुर्लुम्म डुबाएऱ फ्यात तुल्याई खाईवरी डोको, नाम्लो, बर्साती, घूम, पानीसिसा गुटुमुटु बेरी चियापत्तीको 'दुई पात एक सुइरो'-सँग युद्धमा होम्मिन बाध्य थिए। 'चियाको बोटमा पैसा फल्छ रे' मा उत्तानो आँखा पारेर आउनेहरूमा कति मालिक वर्गको यौन तृप्तिको आहार बन्न परे, कति मालिकवर्गको दासत्वमा होम्मिन परेका पात्राहरूको व्याथा आलै छ। इतिहासका पन्नाहरू, समाजका भारी बोक्ने लेखकहरूका कृतिका पन्नहरू कोट्याउँदा ह्वासह्वासती गन्ध आउँछ त्यही रगतको। जसको मूल्य, देन र अस्तित्वको कुरा आज खोज्दैछौँ। चिन्हारी खोज्दैछौँ।
सन् 1947 भारत स्वतन्त्र भएको साल। गोराहरू भारत छोडी भाग्न बाध्य भएको दिन। मान्छेहरूले स्वतन्त्रताको जुनी पाएको समय। दसत्वबाट मुक्ति पाएको परिवेश। यो भारत छोड आन्दोलनमा ती वीर श्रमिकहरूले आफ्नो बित्थ्याको ? जीवन लीलालाई समाप्त गरेको थियो। समर्पण इतिहासमा साक्षी थियो/ छ। स्वतन्त्रतापछि भारत सरकारले मानव अधिकारको ऐन पारित गर्यो। ती अधिकारहरू आजसम्म श्रमिकहरूको हनन् हुँदैछ। बन्द कमानले प्रत्यक्ष दर्शाउँछ। हरेक साल पत्तीको सिजन सिद्धिएपछि कमान बन्द गर्ने मालिकवर्गको नीति भइसकेको छ। इच्छा/ फायदा बमोजिम कमान खोल्ने र बन्द गर्ने चाबी भएको छ त्यही मालिकवर्ग। ठीक यसको एकसय वर्षपश्चात उन्मुक्तिमा ओर्लिन सकिरहेका छन् हाम्राहरू। त्यस्तै उन्मुक्ति दिलाउन उठेका छन् हामीहरूले चाहेकाहरू। तर खै..।
पहाडकी रानी दार्जिलिङ। पारी भित्ताको सेताम्मे हिमालय कञ्चनजङ्घा। वरीपरी चियाकमानका हरित् गाछवृक्षले डम्म ढाकेका दार्जिलिङ शहर। त्यही हरित् गाछवृक्षबाट जन्मेको 'दुई पात एक सुइरो'-को मूल्य विश्वबजारमा गुट्मुटाएर 'दार्जिलिङ टी इज् बेस्ट'-को उपाधि बाहेक अरू थोक केही दिन सकेको छैन। जो हामी चाहन्छौँ, जो श्रमिकहरू चाहन्छन्। जो उराठ लाग्दो घामको रापमा रापिएर, वर्षाको झरीमा आकाश छ्याङ्गै देखिने मालिकवर्गबाट पाएको छाताको मुनि ओतिएर, तुत्थुक्रै भिज्दै चिया गाछसितको मायामा हाँस्नु र रूनु मात्रै आफ्नो भाग्य ? ठान्छन्। खुन र पसिनाको गन्धले ओतप्रोत चियाको भाऊ र स्वाद लिने त उही मोराहरू ! जो सय वर्षअघि पनि चुस्दै थिए।
तर...समयले फड्को मार्दै गयो। कोख्रे बालक युवा बन्दै गयो। मान्छेले परिवर्तन गर्न सकेनन्। परिवर्तनले मान्छे बनाउँदै गयो। शिक्षित बन्दै गयो, डिमान्ड बढ्दै गयो। शहर बजारको परिवेशले कमानलाई प्रत्यक्ष प्रभाव पार्दै गयो। मान्छेले यान्त्रिकतालाई आत्मसात गर्दै गयो। अल्छे बन्दै गयो। शहरीकरणमा धेर संतुष्टि रोज्न थाल्यो। देश-विदेशमा चर्किरहेका कोलाहल, भीडन्तले साक्षात 'घर बसेर नेपाल देख्ने' उखानलाई परिष्कृत गर्दै लग्यो। अपठितहरूको मस्तिष्कले सृजना गरेका पारम्परिक टुक्का उखानहरूले आजको परिप्रेक्ष्यमा पनि तिखो व्यङ्गवाण हानेको जस्तो छ। हलो, कोदालो र माटोलाई पन्ना र कलम सम्झेर त्यस्ता घतलाग्दो शब्द वाक्य बनाएका हुन् कि ! दुःखसित युद्ध गर्दा गर्दा दुःखलाई नै सुख ठानेर आत्मसंतुष्टिमा बाँच्न उनीहरूले कसरी सके होलान् आज पनि सोँच्न बाध्य गराउँछ। त्यसैले फेरि साग, सिस्नो र डेढोमा हैँसे गर्न आज ती रगतका टुक्राहरूलाई कस्तो अपत्यारिलो हुन्छ होला। संकोच र लाजले बरू भोकै बस्छन् कि! पिजामा पुगेका मुखले मकैको डेढोमा उल्टो मुख बहाउँछ कि!
परिवर्तन....परिवर्तनले देशलाई मात्र प्रभावित तुल्याएको छैन। शहर, गाउँ-बस्ती, कमान सबैलाई नाके डोरी लाएर तानिरहेका छन्। हरेक क्षेत्रबाट। हरेक पलपल। अघि रात्रीको दृश्यमा अर्को गाउँ भित्ता हेरे राँको बालेर हिँडिरहेका राँके, अँध्यारोको मलामी गएका झैँ देखिन्थ्यो। पिलपिल् बल्न सकेका धिब्री बत्तीका वरीपरी भुँइमा भोलिको कार्यप्रणालीका विषयमा, दुःख-सुखका अनुभूतिहरू एकार्कामा साटासाट गर्ने प्रवृतिले शहरको झिलिमिलिलाई क्षणिकमा आफ्ना अनुहारअघि ल्याई पुर्याएको जस्तै भयो। त्यो बत्तीको झिलिमिलिमा भुत्रुक्क उफ्रन्दै आँगनमा चाच्न, गाउन थाल्यो। भालेको डाकलाई भुलेर मान्छकै मस्तिष्कले बनाएका घडीले नाडीहरूमा जरा गाड्दै गयो। मान्छेलाई त्यसले चलाउँदै गयो। नाडीमा बाँधेका घडीले मान्छेले मान्छेलाई काँटाको टिकटिकसँग घुमाउँदै लग्यो। मान्छे पनि उदेक मानेर घुम्दै गयो। दुर्दशन च्यानलले शहरलाई आफ्नो मुट्ठीमा नचाउन थाल्यो। विभिन्न थरीका कलाकृतिहरूलाई दोहोर्याउँदै च्यानलहरू शहरतिर प्रसारण हुन थाल्यो। मनोरञ्जन, थकाईलाई सास्ती दिन देश-विदेशका खबरबरू जान्ने बुझ्ने ध्येयले टीभी भित्र्याउँदै गयो। देखासिखी बढ्दै गयो। गाउँ भरिँदै गयो। च्यानल बढ्दै गयो। लोकले नसोँचेका, नदेखेका घटनावलीहरू प्रसारण हुँदै गयो। भइ रहेछ पनि। मज्जा आउँदै गयो। काम थाँतीमा राखेर टीभीअघि त्यही घडीको काँटाको घोँचाईमा बस्न कर लाग्न थाल्यो। बस्दा-बस्दा नदेखेका अश्लीलताले भित्री मनका सुसुप्त प्रवृतिहरू जुर्मुराउँदै उठ्न थालेपछि गाउँ घरमा अश्लील घटनाहरूले घट्ने सौभाग्य पाउँदै गयो। त्यसो नहोस्, हुनु हुँदैन भन्ने उदेश्यले बनिएका आजकलका धारावाहिकहरूले सर्वाधिक व्यापकता र लोकप्रियता पाएका छन्। झन् चिया कमानमा सात बजेदेखि टीभीअघि बस्न नपाए बेलुकीको खानाले पच्ने मौका नै नपाउँदो हो कि! पहाडको दुर्दशा ज्ञात भएकै हो क्षणिक समयमा के हुन्छ हुन्छ, कसलाई थाहा। बत्ती छैन या क्याबल लाइन, बस् ओपरेटर र इलेक्ट्रीसिटीमा कार्यरत मान्छेहरूलाई आशिर्वाद दिहाल्छन् फेरि।
त्यस्तै आजको दिनमा फेसनमा आएको छ पहिरन र मोबाइल। पहिरन नलाउँदा पनि हुने स्थितिमा पुगेको छ। मोबाइल टीभीको हाराहारीमा पुगेको छ। मोबाइल छ भने हरो हिरोइन भएको अनुभव गर्नेहरू थुप्रै भइसकेका छन्। अघिअघि मालिकवर्गले यौन पूर्तिका निम्ति शिकार बनाउँथे कमानका अबोध नारीहरूलाई भने मोबाइलले आज मालिकवर्ग तथा ठूलाबढा भनौदाहरूलाई यौन आसक्तिमा लोभ्याउन सक्ने स्थिति भइसकेको छ। विवाहित तथा दाम्पत्य जीवनमा दैन्दिन यसले आँखा लगाउने बानीलाई मलजल दिइरहेका खबरहरू यत्रतत्र फैलिरहेका छन्। फलानोको पत्नीसँग के सम्बन्ध ? ढिस्काको लोग्नेसँग किन रातभरि दिनभरि गफ ? विवाहित भएर नानीहरूसँग प्रेमलीला गर्न लाज लाग्दैन ? प्रश्नहरू उठ्दै छन् थुप्रै थरीका। तर गफ गर्न मज्जा आउँछ नि! कम्पनीहरूले अफरमाथि अफर थपेर पठाई रहेका छन् किन उपभोग नगर्ने। भाउचर गाउँको मिठाई दोकानमा उपलब्ध छँदैछ। पत्र लेख्ने परम्परालाई एक लातमा चित बनाएको छ यसले नै। दुई पात एक सुइरोमा दिलोज्यान दिने, सर्वस्व गुमाउन बाध्य हुनेहरूकै एक चोक्टाहरू चियाको बोटमा थपक्क बसेर हाँस्दैहाँस्दै कानमा मोबाइल टाँसेर कुन भँवरासँग गफ लडाई रहेका हुन्। भरै भेट्ने, भोलि भेट्ने समय स्थानको निर्धारण हुँदैछ। के कस्ता पहिरन पहिरिएर आउने हुन्। चिन्ने नचिन्ने दोसाँधमा अड्किरहेका छन्। हेरौँ पक्कै भेट्न आउने हुन् कि कमाने कान्छीहरू !( 20 नोभेम्बर 2008 मा प्रकाशित)

Tuesday, September 14, 2010
आजको राजनीतिको कुरा
भारतीय राजनीतिका होनहार राजनितिज्ञहरूको आकस्मिक दार्जिलिङ आगमन र उनीहरूको दार्जिलिङ प्रतिको फोस्रा सहानुभूतिका दुई शब्दमा हाम्रा दार्जिलिङ्गे अनेताहरूको शीर निहुर्याईमा जनता पनि नेताकै टोपी हेरेर नतमस्तक बन्न बाहेक के नै पो गर्न जानेको छ र..जनताले नेता बनाउँछ भन्ने पूर्वधारणा अहिले समाप्त भएको छ। अहिले त नेताले जनता बनाउँछ भन्ने राजनीतिको ढयाङ्ग्रो पिट्न थालेको छ अनेताहरूले। हाम्राहरूबिचको राजनेता भन्नेहरू आफै आफमा लम्की थाप्ने खेलमा निकै माही भईसेकेका छन्। अनि भाषणमा गणतन्त्रको हननको कुरा बाहेक गर्न के पनि जानेका छैनन्। अनि परबाट आउने खुँखार राजनेताहरूको झूठो आस्वासनमा आशावादी हुन बाहेक केही विकल्प पनि देख्दैनन्। अखबारमा छापिएका घतलाग्दा शीर्षकले जनताको मनमा ठुलो आशा फेरि भरिदिन्छ तर आजकै दिनको लागि मात्र। भोलि त्यो खबर झूठा साबित हुन्छ। घोर निन्दा हुन्छ ।अनि हुन्छ फेरि आन्दोलनको अर्को जनताले सोँच्दै नसोँचेको , मनमा पच्दै नपचेका कुराको बँठ्याई। तब फेरि प्रश्नको बाडी चल्छ त्यै बुझेर अबुझ बन्ने जनताको मनमा फेरि के हुन्छ र नेता भनेको र राजनीति भनेको यस्तै होला। त्यो हाम्रो लागि हुँदै होइन। अझ अर्को कुरा त हाम्रा राजनीतिका समष्टि अनतर्गत रहेका फुचाफुचि धुपाउरेहरूले भन्दैछन गोर्खालीग या माक्सवादी कम्युनिस्ट पार्टीमा सामेल हुनेहरू गोजमुमो पार्टीको होइन। एकदम सत्य नै हो त्यो। एउटा मान्छे कतिवटा पार्टीको सदस्य हुन्छ। अनि त्यो मान्छेले आफूलाई जुन पार्टीमा सामाल हुने इच्छा गरे पाउनु पर्ने हो। किनभने त्यै धुपाउरेहरूले फेरि भाषणमा कुरा हाँक्छ जनताले स्वतन्त्र अधिकार पाउन पर्छ भनेर। तीहरूले एकपट्टिबाट हक र अधिकारको कुरा गरेर जनतालाई भिख माग्छन् अनि अर्कोपट्टिबाट त्यै जनतालाई तर्साउँछन्। के भन्ने तब। आज प्रश्नै प्रश्नै तेर्सिएका छन् जनताको सामु।
Subscribe to:
Posts (Atom)