Friday, May 25, 2012
पाठक हुँ!
चेतनामा
विचारहरू डल्लो पारेर
मेरो कलिलो
छात्तीमाथि थेचारी दिने तिमी मेरो अप्रिय कवि। अप्रिय लेखक।
आफ्नो
स्वतन्त्र मृत्युको घोषणा पत्र
मेरो
चेतनाको निधारमा टाँगेर
तिम्रो
बाँझो अक्षरको मलामी बनाई दियौ।
तिम्रो
अक्षरको बिऊ
तिम्रो
कविताको खेती
तिम्रो
आख्यानको माटो
र मेरो
सपनाको पसिना बराबरा होइन।
टन्टालापुर
घाममा
निधारबाट
जिन्दगीको पसिना बगाउने म किसान होइन। श्रमिक होइन।
म पाठक
हुँ। चेतनाको दाँतबाट पसिना चुहाउनु पर्ने मान्छे।
तिम्रा
अक्षरहरूले कोरेका पीडाको नक्साभित्र
मेरो घरको
चूल्हा भेटिँदैन
तिम्रा
शब्दहरूले जोतेका खेतबारीमा
अहँ ! मेरो अनुहारको रङ्ग उम्रँदैन।
ओ! कविज्यू। लेखकज्यू
म पाठक
हुँ। सोझो जनताजस्तै
तिमी भावको
राजनीति गर्ने कट्टर नेता।
सपनाको
रङ्गीन घर र त्यसमा झुल्लिरहेका सुविधाहरू
तिम्रै हो।
भोलि नै ल्याइदिन्छु भन्ने नेताको भाषण र
तिम्रा
अक्षरहरूमा गुन्टा परेका सिद्धान्त एकै हुन्।
तिमी
सिद्धान्तको पुच्छर पक्रेर कविताको खेती जोत्छौ। आख्यान राप्छौ।
जहाँ
रामसाइली र बलबहादुरहरूका सपनाको बिऊले
भ्रान्तिमा
उम्रेको अभिनय गर्छ।
तिम्रो
अक्षरको बिऊले उमार्न खोजेको सामान्तवादको मानचित्रमा
मेरो
अनुहार किन देख्दैनौ ?
चेतनाको
ढकनी बन्द राखेर
बुद्धीवादी
पाठकको अभिनय गरकोजस्तो लाग्छ तिमीलाई ?
पाठक हुँ।
घोकन्ते बुद्धिबाबु होइन।
अक्षर पढ्न
म पनि जान्दछु।
Monday, February 6, 2012
समाचार
छिः गाउँका आँखाहरू !
गाउँले आँखा नै नछोपिने कस्तो लाजको घुम्टो ओडेको छ।
बैंसका ज्वारभाटा उम्लिनुअघि
गाउँका नपुंसक हातहरू खेल्न थाल्छन्
मनमायाका कलिलो छात्तीमा।
कति नरम लाग्छ गाउँलाई
मनमायाको त्यो कलिलो छात्तीको स्पर्श
तर कठीन लाग्छ मनमायाको जीवन भएर बाँच्नु गाउँलाई।
गाउँले मनमायाको जीवन बाँचेकै छैन
न बाँच्नको लागि गाउँले निर्धक्क मनमायालेजस्तो छात्ती फुकाउन सक्छ।
एउटै पीडा र व्यवस्थाको संसार
मनमायालाई कति सानो लाग्छ
जब उसले गाउँको लोभी नजरहरू झ्यालभरि नाँचिरहेको देख्छ।
गाउँले हुरूक्कै खाइसकेको मनमायाका रहरहरू
कुनै अबोध सडकको कुनामा लडिरहेछ
गाउँकै अनुहार बोकेर।
मनमाया गाउँको लुच्छा हातबाट फुत्किएर शहर पसेकी छ।
उसलाई पत्यार लागेकै छैन यो शहरको गन्ध हो।
गाउँ पनि त यस्तै गन्हाउँथ्यो-उ सोँच्छे।
हेरूँ ! शहरको एउटा नदेखिएको जिन्दगी।
शहरभरि उडिरह्यो मनमायाका मनका आकांक्षाहरू।
पछ्याई रह्यो शहरका गिद्धे सोँचाईहरू।
गाउँबाट लुकाएर ल्याएका मनमायाका सपनाहरू
शहरका गल्ली-गल्ली भएर उत्तानो परिरह्यो।
आशाले बाँधेको उसको छात्ती तर कहिल्यै रित्तिएन।
समाचारः
जिन्दगी जितेर उसले एउटा मनमाया मारेको छ।
अहिले ऊ चुपचाप बसिरहेकी छ।
गाँउ हल्ला गरिरहेको छ।

स्वतन्त्रता
बिहानै गाउँको आँगनमा गाउँलेहरू
देशले स्वतन्त्रता पाएको नाममा बाँसको खाँबो गाड्न हस्याङपस्याङ गर्छन्
अशोक चक्र मुटुमै भिरेर तीन रङ्गको झण्डा फर्फराउँछ
गाउँको गीत, राष्ट्रिय गीतमा अब्डेड हुन्छ।
देशले, देशलाई छुट्टि घोषणा अघिबाटै गरिदिएको छ
तर जन गन मन गाएर गाउँ कान्लाबारी पस्नै पर्छ।
दिनभरि वीर सपुतहरूको चलचित्र हेरेर
गाउँमा निस्तब्ध छाउँछ
टाउको र छात्ती बम-बारूदका छेस्कामा उनिएको दृश्यमा
देशले स्वतन्त्रता मनाउँछ।
प्रत्येक वर्ष देशले स्वतन्त्रताको डकार फ्याँक्दै देखाएको विज्ञापनमा
छात्ती पिट्दै गरेको आफ्नो अनुहार नदेख्दा
गाउँ सुकिसकेका सम्झानाका आँसुहरू सोसाएर ओछ्यान पस्छ।
देश, त्यहीँबाट इन्कम ट्याक्सको बाटो हिँड्छ।

देश बनाम त्यो काले केटा
ए ! मेरो देश
मैले यसरी सम्बोधनको फूल तिमीलाई चढाएँ !!
म तिम्रो दरसन्तान भई बाँचेको हुँला
जीवन भाग्य तिम्रो मै कोर्छु भनी बाँचेको हुँला
तर जति-जति हेर्छु तिमीलाई मेरो वर्तमाने आँखाले
उति-उति साँच्चै तिमीलाई माया म गर्नै सक्तिनँ।
मैले बाँचेर हिँडेका तिम्रा मुटुका ढिस्कानाहरू
दिनहुँको दरिद्रताको भाइरसले मक्किसकेका छन्
दरिद्रताको रगत लाएर झरिलो देखिएका तिम्रा फोक्से गालाभन्दा
फुटेका प्लास्टिकमा नाङ्गो जीवन बोकेर
सचिनले शतक घुमाउँदा रङ्गीन झण्डा बोकेर
खाली खुट्टै हाफ्प्यान्टमा कुद्ने त्यो काले केटाको गाला नरम लाग्छ।
तिमीले संविधानको एउटा कुन्नि कस्तो सिस्टम बनायौ
मलाई त्यसले छात्ती ठोकेर हिँड्नै दिदैनँ !
त्यसको विरोधमा मैले मोर्चा खोल्नै पाउँदिनँ
नारा हल्लाको लाउनै सक्दिनँ।
बरू ! मै पट्टि फर्किएर दिशा गर्ने खेतबारीबिचका त्यो केटोलाई देख्छु
तिम्रो संविधान त्यत्तिबेला
त्यसको गालाभरि लाज पचाएर हाँसिरहेको हुन्छ।
खेतबारी-खेतबारीबिचका झोपडीहरूले
गोबरका डल्ला बालेर उसिनेका दरिद्रताको झोल
तिमीले देखाएको घमण्डको टाउकोबाट
शिवलिङ्गमा दुध घोप्टाएको झैँ विहान-विहान घोप्टाउनु पाए
त्यो नाङ्गै कुद्ने केटोहरूलाई कति मज्जा आउँथ्यो होला हगी ।।
ए ! मेरो देश
जाऊ तिमी तिम्रो खोक्रे संविधानको झोला भिरेर त्यो आदिमबस्ती
जहाँ अप्डेड गराउने थुप्रै काँचो अनुहारहरू पाउनेछौ
लैजाऊ छर्न तिम्रा अर्थशास्त्रका मुटुहरू
फलोस् बरू कुहिएका आलुहरूका सट्टा एउटा जीवन
जसले फेरि तिम्रो कचल्टिएको भाग्य रेखा कोरोस्
छामी हेर तिम्रो विकासको हातले त्यसका मुटुहरू
साँच्चै तिम्रा मुटुका स्पन्दनहरू पनि हुरूक्क दुख्नेछन्।
तिमीले त्यत्तिबेला आफ्नो कुहिएको प्रतिबम्ब पक्कै देख्नेछौ।।

Subscribe to:
Posts (Atom)