ब्यागको थैली थैलीमा
रम,सिगरेट,भुजाको
अटस-पटस भारी
जोगीले झोला पिठ्यूँमा बोके झैं
साथसाथमा गिटार
कतै मान्छेको लास बोकेर हिँडेको जस्तो
गुनगुन्याउदै गुनगुन्याउदै
रातको मध्यमा
कसैले चिहाउँछ कि भन्ने त्रास बाकी
प्रकृतिको अमूल्य देन
सौन्दर्यको खानी
प्रवित्रताले वञ्चित बाघचुलीमा
टँवाट् मातेर
उ गाउँदैछ, नाँच्दैछ फेरि छात्दैछ
उसलाई तर
त्यहाँ उध्देश्य जानुको
पवित्रको अर्थ र फेरि
सौन्दर्यताको ज्ञानै नहुँदो हो
उ बस् फेरि गाउने कोसिसमा छ
तर निस्तब्धता !
---------------------
No comments:
Post a Comment